राजमार्ग-१० १९ अक्टोबर २०२३ देखि वान-वे गरेर खोलिने प्रबल सम्भावना

IMG-20231018-WA0078.jpg

मङपू: राजमार्ग १० आगामी १९ अक्टोबर २०२३ देखि वान-वे गरेर खोलिने पीडब्लुडी अनि एनएचडीसीएल पक्षबाट जानकारी प्राप्त भएको छ। गत ४ अक्टोबरको दिन लुनार्क हिमताल फुटेर टिस्टाको बाडले राजमार्ग १० थुप्रै ठाँउमा चुडिएको थियो भने आज १४ दिनसम्म पीडब्लुडी अनि एनएचडीसीएलको प्रयासमा राजमार्ग लाई खोल्नको निम्ति युद्ध स्तरमा कार्य भईरहेको छ भने १६दिन पछि आगामी १९ अक्टोबर २०२३ देखि सिक्किमको जीवन रेखा मानिने राजमार्ग १० वान-वे गरे खोलिने भएको छ।

सडकलाई खोलाउनको निम्ति पीडब्लुडी अनि एनएचडीसीएलका ८ वाट भन्दा ज्यादा स्काईभेटर मेसिन, जेसीबी अनि रोलरहरुले कार्य गरिरहेका छन् भने हजारौं श्रमिकहरु ज्यानको पर्वनगरी टिस्टा नदीको किनारमा सडक निर्माणको निम्ति काम गरिरहेका छन्। एनएचडीसीएल अनि पीडब्लुडीका सम्पूर्ण अधिकारी, इन्जिनियर; ठेकादारहरु जम्मै सडक खोलाउनको निम्ति लागिपरेका छन् /यसरी राजमार्ग १० पैह्रो ग्रस्त क्षेत्रमा कुनै पनि दुर्घटना हुन नदिन रम्बी-रयाङ थाना ओसी ओङचुक लेप्चा अनि सम्पूर्ण पुलिस दल २४ घन्टा नै तैनाथ रहेर ट्राफिक ब्यावस्थालाई सम्हालीरहेका छन्।

भारी बर्ष फेरि नभएअथवा टिस्टा नदी ठुलो नभए(नबडे)सम्पूर्णको प्रयासमा आगामी १९ अक्टोबर २०२३ देखि राजमार्ग १० खोल्ने प्रबल सम्भावना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement