गोवामा हुने राष्ट्रीय खेलकूदको निम्ति सिक्किमको तयारी

IMG-20231018-WA0262.jpg

गान्तोक: सिक्किम ओलम्पिक एसोसिएसन एवं अन्य सम्बन्धित खेल विभागहरूको तत्वावधानमा आगामी दिनमा गोवामा हुन लागिरहेको ३७ओैं राष्ट्रिय खेलकूदमा सहभागी हन गइरहेको खेलाडीहरुलाई शुभकामना दिने साथै सिक्किम खेलकूदको रोडम्याप तयारीबारे चर्चा गर्नलाई एउटा कार्यक्रमको सम्मान भवनमा सम्पन्न भयो। यस कार्यक्रममा राज्यका मुख्यमन्त्री पी.एस. तामाङ गोले प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रममा ४ अक्टोबरको दिन आएको बाढीमा ज्यान गुमाउनेहरुको आत्मा शान्तिको लागि मौन धारण गरियो। कार्यक्रममा सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष कुबेर भण्डारीले स्वागत भाषणको साथमा प्रतिवेदन प्रस्तुत गरे। सिक्किमका खेल विभाग संगठनको तर्फबाट मुख्यमन्त्री राहत कोषमा ५ लाख १७ हजार ५ सय ५५ रुपियाँ प्रदान गर्दै चेक मुख्यमन्त्रीलाई हस्तान्तरण गरे। मुख्यमन्त्रीको बाहुलीद्वारा ३७ओैं राष्ट्रिय खेलमा सिक्किमका खेलाडीहरुकानिम्ति उपलब्ध गराइने ट्रयाक शुट, टि शर्ट अनि ब्यागको अनावरण गरे।

कार्यक्रममा सबै खेल विभागका अध्यक्षहरुले प्रतिवेदन साथै मांगहरु मुख्यमन्त्री समक्ष प्रस्तुत गरे। मुख्यमन्त्रीले खेलमा सहभागी हुन गइरहेका खेलाडीहरुलाई शुभकामना प्रदान गरे साथै सहयोग राशि रुपियाँ १० लाख प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement