पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा रम्फूस्थित सुविदा केन्द्रमा एक आइबीएम क्षेत्रको मरम्त र पूननिर्माण कार्यलाई लिएर एक समीक्षा बैठक सम्पन्न भयो। बैठकमा विशेष गरेर ४ अक्टोबरको दिन टिस्टा नदीमा जलस्तर वृद्धि भएपछि त्यसले सिङताम साथै रम्फूस्थित आइबीएम गाउँलाई धेरै प्रभावित तुल्याएको थियो। हाल उक्त गाउँमा मरम्त र पूननिर्माण कार्य युद्धस्तरमा सञ्चालन भइरहेको छ। बैठकमा सडक तथा पुल विभागका सहायक अभियन्ता डा. विकास छेत्रीले हाल आइबीएमको अवस्थाको बारेमा रिपोर्ट प्रस्तुत गरे। उक्त गाउँको सर सफाईमा हाल विभिन्न प्रकारको मशिन उपलब्ध गराइएको र गाउँभित्र ठूलो मशिन पुग्न नसक्ने भएकोले सेनाको सानो मशिनलाई पनि प्रयोगमा ल्याइएको उनले रिपोर्टमा अवगत गराए। सोही प्रकारले शहरी विकास विभागका डिभिजनल अभियन्ता पुनम प्रधानले टिस्टा नदीतर्फको ढलको ४० प्रतिशत र राङ्पो नदीतर्फको ७० प्रतिशत नाला सफा भइसकेको जानकारी गराइन्। पुरानो नालाको स्थान पहिचान हुन नसकेकोले रम्फू बजार र आईबीएमबाट बग्ने नालीको पानीको निकासका लागि अस्थायी खाडल खन्ने काम भइरहेको उनले थप जानकारी गराइन्।यसरी नै वरिष्ठ अभियन्ता राजेन्द्र गुप्ताले जानकारी गराए अनुसार विभागले एनएच १० सँगसँगै क्रमशः माझीटार र रम्फूमा ३० वटा विद्युत पोल जडान गरेको अवगत गराए। यस संकटकालिन अवस्थामा बीचमा शिक्षा विभागले पीडित विद्यार्थीलाई सान्त्वना र हौसला प्रदान गर्दै आइरहेको छ।