पहाड़का चियाबारीहरू जसले १९ प्रतिशत बोनस दिन्दैन उनीहरूका लिज खारेज गरिनुपर्छ: विधायक बीपी बजगाई

IMG-20231018-WA0259.jpg

खरसाङ: खरसाङका भाजपा विधायक बीपी बजगाईले पहाड़का चियाबारीहरू जसले १९ प्रतिशत बोनस दिन्दैन उनीहरूका लिज खारेज गर्ने मांग गरेका छन्। उनले यसको साथै बंगालभरिका चियाबारीहरूमा २० प्रतिशत बोनस दिनुपर्छ भनेर नीति निर्धारण गर्दै विधान सभामा विधेयक नै पारित गरिनुुपर्छ भनी मांग पनि गरेका छन्। विधायक बीपी बजगाईंले दार्जिलिङमा पत्रकारहरुसँग कुरा गर्दै दार्जिलिङका भाजपा सांसद राजु विष्टले पनि केही नगरेको भन्दै आलोचना गरे यद्यपि उनी चिया बोर्ड सदस्य थिए भनी बताएका छन्। खरसाङका विधायकले आफु दुई चिया बगानहरू नरबुङ चिया बगान र फुगुढी चिया बगानले केवल ९ प्रतिशत मात्रै बोनस दिने भनेको तर राज्य सरकारले भए चियाबारी व्यवस्थापनलाई १९ प्रतिशत बोनस दिन सुझाव दिएको थियो।उनले राज्य सरकारलाई प्रश्न गरे कि यदि केही चिया बगान छ।त्यतिबेला १९ प्रतिशत बोनस दिन नसकेर घाटा भोग्दै आएको दाबी गरेका छन्। किन तिनीहरू बगान छोडेनन्। उनले चियाबारी श्रमिकहरूका लागि बोनसको लागि अतिरिक्त श्रम आयुक्तले जारी गरेको पत्रमा भनेका छन् कि आर्थिक संकटमा परेका बगानहरूले त्यसको समस्या स्थानीय तहमा नै समाधान गर्नु पर्ने बताएको पनि जनाएका छन्।
विधायक बजगाईले यो यस्तो गर्नु हुँदैन तर एएलसी थप कडा हुनुपर्ने बताएका छन्। उनले केन्द्र सरकारसँग पनि माग गरे कि यदि चिया बोर्ड र चिया बोर्डका सदस्य राजु विष्टले जनताको हितमा काम गर्न सकेनन् भने अनि चिया बगानमा काम गर्ने मजदुरहरूका पक्षमा काम गर्न गरेनन् भने चिया बोर्ड बन्द गर्नुपर्छ अनि त्यस्तो सदस्य पनि चाहिन्दैन भनी सांसदप्रति कड़ा शब्दमा विरोध जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement