प्रतिबन्धित पटेका लोड गरिएको दुई वटा ट्रक जफत, तीन पक्राउ

IMG-20230528-WA0320-5-300x172-7

काेचबिहारः जिल्लाको बक्सिरहाट थानाको जोराई चौकीले असम-बांग्लादेश सीमा संलग्न राष्ट्रिय राजमार्गमा अभियान चलाएर दुई मालवाहक ट्रकबाट भारी मात्रामा प्रतिबन्धित पटेका जफत गरेको छ। तस्करीको आरोपमा पुलिसले दुई चालक र एक खलासीलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपितहरूको नाम आर्य ईशा (४४), पी राम दास (४३) र मलाया सामी (१८) बताइएको छ।

पुलिसले बुधवार बिहान गुप्त सूचनाको आधारमा असम-बांग्ला सीमा संलग्न तुफानगञ्ज-२ नम्बर ब्लकको रामपुर-१ ग्राम पञ्चायतको नजीरन देवतीखाता क्षेत्रबाट पटेका लोड गरिएको दुई वटा ट्रक जफत गऱ्यो। जब ट्रकको तलाशी लिइयो तब त्यसबाट विभिन्न ब्रान्डहरूको ७७८ कार्टून प्रतिबन्धित पटेका जफत भयो। जसको वैध कागजपत्र देखाउन नसक्दा पुलिसले आर्य ईशा, पी राम दास र मलाया सामीलाई पक्राउ गऱ्यो। पक्रा परेका सबै आरोपित तमिलनाडूको आलमबारी थाना क्षेत्रका हुन्। बक्सिरहाट थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

Advertisement