आगो लाग्दा धेरै दोकान जलेर खरानी

IMG-20230528-WA0320-5-300x172-7

जलपाइगढ़ीः बानरहाट ब्लकको नथुआ क्षेत्रमा बुधवार अबेर राति भयावह आगो लाग्दा धेरै दोकानहरू जलेर खरानी भएको छ। घटनामा कोही हताहत भएको कुनै खबर छैन।

प्राप्त जानकारी अनुसार, अबेर राति नथुआ बजारस्थित एउटा दवाई दोकानमा आगो लागेको देखेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। घटनाको सूचना अग्निशमन विभागलाई दिइयो। घटनास्थलमा दोकान मालिक बीरेन सोम पनि पुगे। जसपछि स्थानीय मानिसहरूले आफैले आगो निभाउने प्रयास गरे। जसमा उनीहरू सफल भएनन् र दवाई दोकान पूर्ण रूपमा जलेर खरानी भयो। जबकि वरिपरिका धेरै दोकानहरूलाई आंशिक क्षति पुगेको छ।

घटनापछि स्थानीय मानिसहरूले बताए, अग्निशमन विभागको इन्जिन सही समयमा पुगेको भए शायद नोकसान कम हुनेथियो। दमकलकर्मीहरूले आगो सटसर्किटको कारण लागेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, घटनामा कोही हताहत भएको कुनै खबर छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement