कोलकातामा दुर्गा पूजा घुम्न निस्के राज्यपाल

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालको सांस्कृतिक पहिचान बनिसकेको दुर्गा पूजाको चाँड़ हेर्न पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोस पनि सड़कहरूमा ओर्लेका छन्। बुधवार दिउँसो उनी कड़ा सुरक्षा घेराबीच राजभवन कोलकातादेखि बाहिर निस्के।

कोलकाता पुलिसको सुरक्षाबीच राज्यपाल सर्वप्रथम कदमतलामा बनेको भव्य पण्डाललाई हेर्न पुगे। उनी यहाँ केही बेरसम्म पूजा आयोजकहरूको साथ रहे औं घुम्न आएका मानिसहरूसित पनि कुरा गरे। फोटो सेशनपछि उनी बाग बजार दुर्गा पूजा पण्डाल पुगे। यहाँपनि केही बेरसम्म बसे औं पण्डालको थीम र मूर्तिबारे आयोजकहरूसित कुराकानी गरे। यसपछि उनी पुनः राजभवन फर्के।

उल्लेख्य, एक दिनअघि पनि राज्यपालले कोलकाताका सड़कहरूमा ओर्लेर दुर्गा पूजाको विशेषताहरूको उल्लेख गरेका थिए र बंगालवासीहरूसित अपील गर्दै माँ दुर्गासित भ्रष्टाचार समाप्त गर्ने प्रार्थना गर्नलाई भनेका थिए।

-हिस

About Author

Advertisement