मिरिकको फुवागढ़ी र घैयाबारीमा बोनस दर नमिलेपछि श्रमिकहरूद्वारा धरणा प्रदर्शन साथै चक्का जाम

IMG-20231018-WA0248.jpg

मिरिक: मिरिक महकुमाको फुवाढी अनि घैयाबारी दुई बगानको डिभिजनहरूमा मालिक पक्षले ९ प्रतिशतको दरले बोनस वितरण गर्ने घोषणा गरेपछि आज फुवागढी चियाबारीको कारखाना अघि सरकारको निर्देश बमोजिम १९ प्रतिशत बोनसको माग गर्दै श्रमिकहरूले धरना प्रदर्शन गरेका छन्। यस क्रममा विभिन्न राजनैतक दलका श्रमिक संगठनहरू लगायत जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, सभासद मिलेश राई, मिरिक पञ्चायत समितिको सभापति कैलाश खवास, पञ्चायत समिति सदस्यहरू आदित्य प्रधान, मन्दिप तामाङ, चेतना तामाङ, लिलि तामाङ, चिया श्रमिक सुरक्षा समितिका प्रवक्ता रोजेश थापा, सौरेनी ग्राम पञ्चायत एककी प्रधान अनिता राई, सौरेनी ग्राम पञ्चायत दुईकी प्रधान निरा सुब्बा, विभिन्न राजीनिक दल प्रतिनिधिहरू पनि श्रमिकहरूलाई साथ दिन अघि आएका थिए।

बिहान १० बजेसम्म पनि बोनसबारे कुनै निष्कर्ष नआएपछि सम्पूर्ण श्रमिक संगठन, निर्वाचित सदस्यहरू लगायत श्रमिकहरूले राज्य राजमार्ग १२ मा चक्का जाम समेत गरेका थिए। यस क्रममा जीटीएका कार्यकारी सभासद अरूण सिग्चीले आफूहरू कुनै राजनीतिक दलको नेता नभएर मानवताको नातामा चिया श्रमिकहरूको साथमा उनीहरूको अधिकारको निम्ति अघि आएको बताए। यसरी नै मिरिक पञ्चायत समितिको सभापति कैलाश खवासले पनि आफूहरू चिया श्रमिकहरूको साथमा रहेर उनीहरूले आफ्नो अधिकार पाउनु पर्ने माग गरे। तथापि मालिक पक्ष हालसम्म पनि ९ प्रतिशतमा अडिग रहेको छ भने श्रमिकहरूको हड्ताल पनि जारी रहेको जानकारी पाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement