कोलकाता पुलिसले बुजुर्ग नागरिकहरूलाई पूजा भ्रमण गराउने

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा एक्लो बस्ने बुजुर्ग नागरिकहरूको देखरेख कोलकाता पुलिसले गर्दछ। यिनीहरूलाई पुलिसको चर्चित ‘प्रणाम’ अभियान अन्तर्गत पंजीकृत गरी निगरानीमा राखिन्छ। यस पाली दुर्गा पूजामा नागरिकहरूलाई कुनै प्रकारको पनि समस्या नहोस् र यिनीहरूले पनि पूजा घुम्न सकुन्, यसको निम्ति कोलकाता पुलिसले विशेष पहल गरेको छ।

लाल बजार स्थित कोलकाता पुलिस मुख्यालयको तर्फबाट बुधवार जारी बयान अनुसार, आजदेखि बुजुर्ग नागरिकहरूलाई पूजा घूमाउनु शुरू गरिएको छ। बुजुर्गहरूका साथै दिव्याङ्ग, नेत्रहीन नानीहरू, ओस्टिक र सेरिब्रल पाल्सीका शिकार दिव्याङ्ग नानीहरूलाई पनि पूजा घूमाइँदैछ। धर्मतल्लाको मेट्रो च्यानलबाट यी सबैलाई विशेष वाहनमा बसाएर पूजा परिक्रमको निम्ति लगिन्दैछ।

उल्लेख्य, पश्चिम बंगालको राजधानी कोलकातामा बुजुर्ग नागरिकहरू विरूद्ध अपराधका घटनाहरूमा वृद्धिपछि पुलिसले प्रणाम कार्यक्रम शुरू गरेको थियो। यस अन्तर्गत एक्लो बस्ने बुजुर्ग नागरिकहरूको सूची बनाएर पुलिसले उनीहरूको सुख-सुविधा र सुरक्षाको खयाल राख्नेगर्दछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement