कोलकाताः खड़गपुर आईआईटीमा चौथो वर्षको अझ् एक छात्रको संदिग्ध परिस्थितिहरूमा मृत्यु भएको छ। संस्थानको एक अधिकारीले बुधवार बिहान यसको पुष्टि गर्दै बताए, शिक्षण संस्थानको होस्टलबाट इलेक्ट्रिकल इन्जीनियरिङको एक छात्रको क्षत-विक्षत शव भेटिएको छ।
२१ वर्षीय तेलङ्गाना निवासी छात्रको नाम किरण चन्द्र बताइएको छ। उसको मृत्यु कसरी भयो, अहिलेसम्म यो स्पष्ट हुनसकेको छैन। यस घटनाले आईआईटी परिसरमा सनसनी फैलिएको छ। हालमा असमको एक छात्राको यस्तै संदिग्ध परिस्थितिहरूमा मृत्युपछि हाईकोर्टले सीबीआई जाँचको आदेश दिएको थियो।
-हिस