पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा जिल्लामा कोरोनाभाइरसको तयारीबारे बैठक सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य कोरोनाको वर्तमान स्थितिको समीक्षा गर्नु, तयारीको आँकलन गर्नु अनि जिल्लामा भविष्यको क्रियाकलापबारे छलफल गर्नु रहेको थियो। नागरिकलाई सावधानी अपनाउने र दोस्रो डोज लिएका र १५ वर्ष मुनिका विद्यालयका बालक-बालिकालाई खोप लगाउने मुख्य प्राथमिकता रहेको बैठकमा जानकारी गराइएको थियो। बैठकको प्रारम्भमा अतिरिक्त जिल्लापालले एक दिनअघि मुख्य सचिवको अध्यक्षतामा भएको कोविड–१९ सम्बन्धी राज्य कार्य बलको बैठकबारे संक्षिप्त जानकारी दिइन्। उनले कोरोनाभाइरसबारे राज्य कार्य बलद्वारा गरिएका विविध पहलबारे जानकारी गराइन्। १५ वर्षभन्दा कम उमेरकाहरूलाई टीकाकरण कार्यक्रममा सहभागी बनाउन उनले जोर दिइन्। उनले कोविड हेरचाह केन्द्र स्थापित गर्ने र बालक-बालिकालाई सुरक्षित राख्न विद्यालयहरूमा खोपलाई प्राथमिकता दिने कुरामा जोर दिइन्। बैठकमा पाकिम, रंगेली अनि रिनाकमा क्वारेण्टाइनको समयावधि, पोजिटिव मामिलाको संख्या, पूर्व सतर्कता खोप, कोरोना केन्द्रको पहिचान आदिबारे छलफल गरियो। बैठकमा पाकिम मुख्यालयका महकुमा अधिकारी, रंगेली अनि रिनाकका महकुमा अधिकारी, पाकिमका प्रमुख चिकित्सा अधिकारी, नगर पञ्चायतगण लगायत अन्यको उपस्थिति रहेको थियो।