नरबुङ चियाबारीमा मालिकले केवल ९ प्रतिशत मात्र बोनस दिने भनेपछि श्रमिकहरू र स्टाफहरूद्वारा विरोध

IMG-20231018-WA0242.jpg

भोलि मालिक बगान आउने सम्भावना

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीभित्र पर्ने नरबुङ चियाबारीमा मालिक पक्षले केवल ९ प्रतिशत मात्र बोनस दिन सक्छु भनेर नोटिस टाँसेपछि दिनभरि नरबुङ चियाबारीमा माहोल गरम भएको छ। केवल ९ प्रतिशत मात्र बोनस दिने भएपछि नरबुङ चियाबारीक तीनवटा डिभिजनहरू नरबुङ, सिमरिङ र गिताङ्गेका श्रमिकहरू, स्टाफहरू बगानको कार्यालयमा भेला भएर विरोध जनाएका छन्। विगत २-३ वर्षदेखि बगान नोक्सानीमा चल्दैछ भनेर मालिक पक्षले प्रबन्धक पक्षलाई निर्देश दिएपछि यसपाली केवल ९ प्रतिशत मात्र बोनस दिन सक्ने भन्दै बगानको कारखाना, कोठी र कार्यालयमा नोटिस टालिएको याद पाएर सबै कार्यालयमा भेला विरोध प्रदर्शन गरेका थिए। यसै क्रममा यस विषयमा कुराकानी गर्नलाई भोलि मालिक बिहान १० बजे आउने भएको बताइएको छ। दशैंको मुखैमा यसरी बगानमा केवल ९ प्रतिशत मात्र बोनस दिन सक्ने भएपछि श्रमिकहरू र स्टाफहरू सबै म्यानेजरलाई कार्यालयमा घेराऊ गरिएको बताइएको छ। बगानको मुख्य प्रबन्धक राकेस चौधरीसित श्रमिकहरू र स्टाफहरूको कार्यालयमा तर्कातर्की भएको छ। यस विषयमा बगानको श्रमिकहरू र स्टाफहरूले मालिकलाई नै बगानमा बोलाएकोले बिहान १० बजेतिर आउने भएको छ। उक्त समय शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्या अनिरा तामाङ, ट्रेड, भागोप्रमो नरबुङ बुथको सभापति मातृका देवान, सचिव विकास गुरुङ, ट्रेड युनियनबाट केन्द्रीय सह सचिव राजेस थापा, नरबुङ शाखाका सभापति रोशन सुब्बा, सचिव बिक्रम राई, सिमरिङ शाखाका सचिव दिवस वाईबा लगायत बगानको तीनवटै डिभिजनका श्रमिकहरू र स्टाफहरू उपस्थित रहेका थिए।
यस विषयमा भागोप्रमोको ट्रेड युनियन सिमरिङ शाखाको सचिव दिवस वाईबाले नरबुङ चियाबारीमा मालिक पक्षले केवल ९ प्रतिशत मात्र बोनस दिने भएपछि सबैजना भेला भएर प्रबन्धकलाई कार्यालयमा घेराऊ गरेर बातचीत गरिएको अनि भोलि मालिक आउने भएपछि श्रमिकहरू घर गएका छन् भनी बताएका छन्। उनले बताए अनुसार नरबुङ चियाबारीलाई लिएर जीटीए चिफ् अनित थापासित पनि बातचीत भएको र उनले पनि मालिकसित कुरा गरिदिएको बताएका छन्। तर प्रबन्धकवर्गलाई कोठीमै राखिएको बताएका छन्। अर्कोतिर नरबुङ चियाबारीको प्रबन्धक राकेस चौधरीसित फोनमा जानकारी लिन्दा फाइन टि प्लक एलएलपी कम्पनीको अधीनस्थ रहेको नरबुङ चियाबारी विगत २-३ वर्षदेखि नोक्सानीमा चलिरहेको कारणले यसपाली ९ प्रतिशत मात्र बोनस गिन सक्ने भएको बताएका छन्। उनले कारणले आज बगानको कार्लायममा श्रमिकहरू र स्टाफहरू आफ्नो गुनासोहरू लिएर घेराऊ गर्न आएका थिए र यस विषयमा मालिकलाई जानकारी गराइएको पनि बताएका छन्। सरकारले श्रमिकहरूलाई १९ प्रतिशत बोनस दिनुपर्छ भनी निर्देश जारी गरिएको विषयमा प्रश्न गर्दा प्रबन्धक राकेस चौधरीले भने, सरकारले १९ प्रतिशत भने पनि नोक्सानीको कारण मालिकले केवल ९ प्रतिशत मात्र दिनसक्ने भएको कारणले नोटिस टाँसिएको हो अनि यस विषयमा बातचीत गर्नलाई भोलि मालिक आउन सक्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement