श्रमिकहरूको पक्षमा हाम्रो पार्टी

Screenshot_20231018_180043_WhatsApp.jpg

फुवागढी चिया बगानको श्रमिकलाई मात्र किन ९ प्रतिशत: लाडुप घिसिङ

दार्जीलिङ: पहाडको चिया बगानहरूमा १९ प्रतिशत पूजा बोनस दिन्दै आई रहेको छ तर फुवागढी चिया बगानमा मात्र किन ९ प्रतिशत पूजा बोनस दिने नोटिस जारी गरेको छ भन्दै हाम्रो पार्टी प्रबक्ता लाडुप घिसिङले प्रश्न तेर्साए। गत केही दिन अधि सिलगढीको डागापूर स्थित राज्य सरकारको श्रमायुक्त कार्यलयमा पहाडको चिया बगानहरूमा कार्यरत श्रमिकहरूको पूजा बोनसको विषयमाथि त्रिपक्षीय वार्ता सम्पन्न भएको थियो। आयोजित वार्तामा श्रमिक संगठनहरू २०प्रतिशत पूजा बोनस एकमुष्ठमा दिने मांगप्रति अडिक रहेको थियो भने मालिक पक्ष ९ प्रतिशत पूजा बोनस दिने पक्षमा रहेको थियो तर धेरै लामो चर्चा परिचर्चापछि मालिक पक्षले १२ प्रतिशत भन्दा धेर पूजा बोनस दिनु नसक्ने आफ्नो अडान स्पष्ट पारेपछि श्रमिक संगठनहरूले चिया श्रमिकहरूलाई न्याय दिने दाहित्व सरकारमाथि थोप्दै वार्ताको टेबल छोडेको थियो। देर रात सरकार पक्षले पहाडको चिया श्रमिकहरू लाई १९ प्रतिशत पूजा बोनस दिने अधिसूचना जारी गरयो। आज फुवागढी चिया बगानको प्रबंधक पक्षले बगानमा ९ प्रतिशत पूजा बोनस दिने नोटिस टाँसेपछि चिया श्रमिकहरूले उक्त नोटिसको विरोध गर्दै प्रदर्शन गरयो। सरकारले जारी गरेको अधिसूचनाकै आधारमा फुवागढी चिया बगानको श्रमिकहरूले पनि १९ प्रतिशत पूजा बोनस पाउनु पर्छ भन्ने मांग गर्दै हाम्रो पार्टीको मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामा अनि पार्टी केन्द्रीय प्रबक्ता लाडुप घिसिङ श्रमिकहरूको पक्षमा खडा भएको छ।यसैक्रममा हाम्रो पार्टी प्रबक्ता लाडुप घिसिङले पत्रकारहरूसंगको कुराकानीमा अन्य चिया बगानको श्रमिकहरूले १९ प्रतिशत पूजा बोनस पाउँदैछ भने फुवागढी चिया बगानको श्रमिकहरूले मात्र किन ९ प्रतिशत पूजा बोनस दिने नोटिस टाँसेको छ भन्दै तिनले प्रश्न तेर्साए। तिनले अझ भने बर्षभरी चिया बगानमा खटिएर केवल ९ प्रतिशत पूजा बोनस यो स्वीकार योग्य विषय होइन। मालिक पक्ष एंव प्रबंधक पक्षको ९ प्रतिशत पूजा बोनस दिने घोषणालाई हामी मात्र होइन तर निर्वाचित ग्राम पंचायत सदस्य पंचायत समिति सहस्यहरू पनि सडकमा ओर्लिएको छ भन्ने घिसिङले बताए।पूजा बोनसको समयमा झमेला गर्ने अहिले एउटा संस्कार जस्तो भएर गएको छ तर यस्तो संस्कारलाई परिवर्तन गर्ने सही समय आएको छ। फुवागढी चिया बगानको मालिकलाई नै यहाँ डाक्ने कार्य भएको छ अनि उनी यहाँ आएपछि यी विषयहरूमाथि चुडान्त निर्णय लिइनेछ प्रबक्ता लाडुप घिसिङले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *