नाम्चीमा दुई दिवसीय राङ्के मेला शुरू

IMG-20220716-WA0202.jpg

गान्तोक: दक्षिण जिल्लाको नाम्चीस्थित सेन्ट्रल पार्कमा आजदेखि दुई दिवसीय राङ्के मेला शुरू भएको छ। राङ्के मेला आयोजक समिति, जिल्ला प्रशासनिक केन्द्र,पर्यटन विभाग र ट्राभल्स एजेन्ट एसोसिएसन अफ् सिक्किमको संयुक्त पहलमा उक्त मेलाको आयोजना गरिएको हो। यस अवसरमा विभिन्न प्रकारको गतिविधि आयोजना गरिएको थियो जसमा, पिलो फाइट, टग अफ् वार लगायत अन्य गतिविधि सामेल गरिएको थियो।

सोही प्रकारले जैविक साग सब्जीको स्टल पनि प्रदर्शनी साथै बिक्रीको निम्ति लगाइएको थियो। यसरी ने स्वय सहायता समूहद्वारा पुष्प प्रदर्शनीको पनि आयोजना गरिएको थियो।

About Author

Advertisement