नेपाल वायुसेवा निगमका सबै जहाज सञ्चालनमा

21-outside.jpg

काठमाडौं: नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन्। प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ। निगमसँग अहिले कुल ४ वटा जहाज छन। १६ अक्टोबरदेखि सबै जहाज नियमित उडानमा रहेको निगमले जनाएको छ। यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुने निगमले जनाएको छ। अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुमा परेको असुविधा प्रति निगमले क्षमायाचना समेत गरेको छ। आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध रहेको जनाएको छ। यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले कडा निर्देशन दिएको समेत निगमले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement