गान्तोक। सिक्किमको राज्य खेल तथा युवा मामिला विभागको तत्वावधानमा तथा सांस्कृतिक विभागको प्रायोजनमा आज राज्य दिवस दौड़को आयोजना गरियो। राजधानी गान्तोकको एमजी मार्ग परिसरदेखि शुरू भएको यो तीन किलोमिटर रनलाई खेल विभागकी विशेष सचिव सुमिता प्रधानले झण्डा हल्लाएर प्रस्थान गराइन्। यो दौड़मा २६० भन्दा अधिक प्रतियोगीहरूले भाग लिएका थिए। दौड़ एमजी मार्गदेखि जिरो पोइन्ट, भानुपथ, सचिवालय हुॅंदै ताथाङ्गचेन मैदानमा पुगेर समापन भयो।
सहभागीहरूलाई प्रमाण पत्र र स्मृति चिन्ह प्रदान गरियो भने विजेताहरूलाई पारतोषिक प्रदान गरियो। विजेताहरूमा किशोर वर्गमा रिन्छेन लेप्चा प्रथम, सोम बहादुर गुरूङ दोस्रो, सुरज शर्मा तेस्रो तथा धनन्जय ठाकुर चौथो भए। सोही प्रकारले किशोरी वर्गमा फुर्बा तामाङ प्रथम, युदिमित लेप्चा दोस्रो, सिर्जना छेत्री तेस्रो तथा फुरडिकी शेर्पा चौथो भए। यस अवसरमा मुख्य अतिथि को रुपमा उपस्थित अर्जुन पुरस्कार विजेता जसलाल प्रधानको बाहुलीद्वारा पुरस्कार प्रदान गरिएको थियो।