लोकसभा चुनाउअघि बंगालमा फेरि छुट्टै राज्यको माग फेरी जाेर पक्रिन्दै

Map_of_North_Bengal.png

काेलकाता: २०२४ को लोकसभा चुनाउअघि उत्तर बंगालमा छुट्टै राज्यको माग एकपल्ट फेरि तीव्र बन्न थालेको छ। उत्तर बंगालका आठ स्थानीय पार्टीहरू क्षेत्रमा छुट्टै राज्यको मागलाई लिएर एकजुट बनेका छन्।

पार्टीहरूले युनाइटेड फ्रण्ट अफ् सेपरेट स्टेट नामले एउटा साझा संगठन बनाएका छन्।

संगठनमा गोर्खा जनमुक्ति मोर्चा, कामतापुर प्रोग्रेस पार्टी, कामतापुर पीपल्स पार्टी (यूनाइटेड), ग्रेटर कूच बिहार पिपल्स एसोसिएशन, जय बिरसा मुंडा उलगलान, एससी-एसटी-ओबीसी मुभमेन्ट मञ्च, भूमिपुत्र युनाइटेड पार्टी र अखिल भारतीय राजवंशी समाज सामेल छन्।

नयॉं अम्ब्रेला फ्रण्टको कोर कमिटीमा उक्त पार्टीहरूका एक-एक प्रतिनिधि सामेल छन्। दुर्गा पूजा उत्सवपछि संगठनले सिलगढीमा एउटा भव्य ऱ्याली आयोजन गर्नेछ भने यसावधि उनीहरूले आफ्नो माग राख्नेछन्। आगामी दिनहरूमा कोलकाता र नयॉं दिल्लीमा पनि यस्तै ऱ्यालीहरू आयोजित गरिने योजना रहेको छ।

गोर्खा जनमुक्ति मोर्चा सुप्रीमो बिमल गुरूङले भने, एउटा ठूलो उद्देश्यको निम्ति एकजुट आन्दोलन गर्ने समय आएको छ, किनकि सम्पूर्ण उत्तर बंगाल लामो समयदेखि वञ्चित रहेको छ। हामी यो मामिला केन्द्र अनि राज्य सरकार समक्ष उठाउने छौ।

यस बीच, तृणमूल कांग्रेस नेतृत्वले नयॉं संयुक्त मोर्चालाई भाजपाको गुप्त समर्थन रहेको आरोप लगाएको छ। उत्तर बंगालमा छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई लिएर धेरैपल्ट आन्दोलन भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement