पाकिम: उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा तैनात भारतीय सेनाका जवानहरूलाई बुधवार बिहान हेलिकप्टरमा पाकिमस्थित ग्रीनफिल्ड हवाई अड्डा ल्याइएको छ। गत ४ अक्टोबर बिहान टिस्टामा आएको बाढीले उत्तर सिक्किमलाई जोड्ने मार्गहरू ध्वस्त बनाएपछि हेलिकप्टरद्वारा फसेका मानिसहरूलाई निकाल्ने काम थालियो, जुन अझै पनि जारी रहेको छ।
यस क्रममा आज बिहान भारतीय वायु सेनाको एमआई-१७ हेलिकप्टर पहिलो उडानमा लाचुङबाट २२ जना सैन्यकर्मी लिएर पाकिम ग्रीनफिल्ड हवाई अड्डामा अवतरण गऱ्यो। यसरी नै आफ्नो दोस्रो उडानमा हेलिकप्टरले लाचुङबाट दुईजना नागरिक र १९ जना सैन्यकर्मीका साथ हवाई अड्डामा अवतरण गरेको छ।

यसरी नै पवन हंस हेलिकप्टरले पेगोङबाट चार आईटीबीपी र एकजना नागरिक लिएर हवाई अड्डामा अवतरण गरेको छ।