अपरेशन अजय: २८६ मानिसहरू सुरक्षित उद्धार

India-61697598271187.jpg

यिनीहरूमध्ये २६८ भारतीय र १८ नेपाली नागरिक छन्

नयाँ दिल्ली: हमास-इजारयल लडाई ले त्यहाँ सृजित तनाउपूर्ण स्थितिमा फसेका भारतीय नागरिकहरूलाई सुरक्षित स्वदेश फिर्ता गराउनको लागि केन्द्रको मोदी सरकारद्वारा शुरू गरिएको अपरेशन अजय अतर्गत पाँचौ विमान गए मंगलवार राति ११ बजे पालम हवाईअड्डामा आइपुग्यो।

स्पाइसजेटको उक्त विमानबाट 286 मानिसहरूलाई ल्याइएको छ जसमा २६८ भारतीय र १८ नेपाली नागरिक सामेल छन्। स्वदेश फिर्तीको खुसियालीमा यिनीहरूले भारत माता की जय-को नारा लगाए। केन्द्रिय सूचना एवं प्रसारण राज्यमन्त्री एल मुरूगनले हवाईअड्डामा सबैलाई स्वागत जनाए।

सूचना एवं प्रसारण राज्यमन्त्री एल मुरूगन तथा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यो खुसीको खबर एक्समा साझा गरेका छन्। भनिएको छ, स्पाइसजेटको यो विमान (ए ३४०)-मा गत आइतवार तेल अवीवमा अवतरण भएपछि तकनिकी समस्या देखिएको थियो जसले गर्दा विमानलाई जर्डन ल्याइयो। यसलाई पहिला नयाँ दिल्ली आइपुग्नुथ्यो।

एल मुरूगनले भनेका छन्, सरकारले स्थितिलाई नजिकबाट नियालिरहेको छ। भारत फर्किन चाहने सबै भारतीय नागरिकहरूलाई स्वदेश फर्काउनको लागि सरकार प्रतिबद्ध छ। अपरेशन अजय अन्तर्गत अहिलेसम्ममा ११०० भन्दा अधिक भारतीय नागरिकहरूलाई सुरक्षित स्वदेश फर्काइसकिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *