हि- याङथाङका 13 जना कराँते खेलाडी कलकत्ता प्रस्थान

IMG-20220716-WA0201.jpg

गेजिङ: वेस्टसाइड कराँते क्लब हि -याङथाङ पश्चिम जिल्लाका १३ जना खेलाडी आगामी १८ जुलाई देखि कलकत्तामा आयोजना हुने राष्ट्रिय कराँते प्रतियोगितामा सहभागिता जनाउने भएका छन्। आज हि-याङ्थाङ खेल मैदान मा कराँते तालिम केन्द्रमा “शुभकामना” कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रमका मुख्य अतिथि जी.डी.सुब्बा अतिरिक्त निर्देशक देन्ताम खण्ड विकास कार्यलय रहेका थिए भने साथमा नारायण बस्नेत प्राचार्य हि -याङथाङ वरिष्ठ माध्यमिक विद्यालय लगायत अन्यहरूको उपस्थिति रहेको थियो। आगामी जुलाई १८ मा कलकत्ता जाने सहभागीहरूका लागि हार्दिक शुभकामना प्रदान गर्दै प्रोत्साहित गरियो। अनिल सुब्बा र सेन्सी बाली ह्याङ सुब्बाले राष्ट्रिय प्रतियोगितामा छत्तीसगढ र पुणेमा स्वर्ण पदक हासिल गरेका थिए।

About Author

Advertisement