सिलगढी: दादाभाई स्पोर्टिङ क्लबको दुर्गा पूजा पण्डल बुधबार चतुर्थी पूजासँगै आगन्तुकहरूको लागि खोलिएको छ। यसको उद्घाटन सिलगढीका मेयर गौतम देवले गरेका थिए।

दादाभाई स्पोर्टिङ क्लबको दुर्गा पूजाको यो ४२औँ वर्ष हो। यस वर्ष ४ क्विन्टल जिन्स कपडाबाट पण्डल बनाइएको छ।