सोरेङमा एटीएमए सञ्चालन समितिको वार्षिक बैठक

IMG-20231018-WA0002.jpg

सोरेङ: एटीएमएको सञ्चालक समितिको वार्षिक बैठक आज सोरेङ जिल्लापाल कक्षमा सम्पन्न भयो। जसको अध्यक्षता जिल्लापाल भीम ठटालले गरेका थिए। बैठकमा कृषि विभाग, वाहवानी विभाग, सहकारी विभागका अधिकारीहरु र विभिन्न व्यांकका प्रतिनिधिहरु उपस्थित थिए। यसबीच सोरेङ जिल्ला वरपरको कृषि उन्मुख गतिविधि र यस अवधिमा भएका गतिविधिहरूको सूचीबारे जानकारी दिएको थियो। डेपुटी प्रोजेक्ट डाइरेक्टर एटीएमएले सोरेङ जिल्लाको संक्षिप्त विवरण, एटीएमए सोरेङ अन्तर्गतको विवरण, गभर्निङ बोर्ड, व्यवस्थापन समिति, ब्लक टेक्नोलोजी टोली, ब्लक किसान सल्लाहकार समिति, जिल्ला किसान सल्लाहकार समिति र अन्तर्गत फार्म स्कूलहरूको रणनीति र मुख्य कार्यहरूको बारेमा जानकारी दिइयो। सोरेङ जिल्ला, खरीप सिजनको लागि प्रशिक्षण तथा जागरूकता कार्यक्रमबारे जानकारी गराएको थियो। बैठकमा जिल्लापालले समितिका सदस्यहरूलाई चुम्बुङ ब्लकमा ध्यान केन्द्रित गर्न निर्देशन दिए। यो राज्यको महत्वाकांक्षी ब्लकहरू मध्ये एक रहेको बताए। उनले सोरेङ जिल्लामा कृषि पर्यटन, ओइस्टर च्याउ खेती, मत्स्य उत्पादन र अन्य उत्पादनलगायतका विषयमा पनि जानकारी गराएका थिए। उनले उत्पादनको बजारीकरणमा जोड दिँदै चेतना कार्यक्रमको प्रमुखताबारे पनि बताए। यसले किसानहरूलाई उद्यमी बन्न मद्दत विषयमा प्रगतिशील कृषकको सहभागिता जरुरी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement