गेजिङ: सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित सातवाट घरको आज उदघाटन गरियो। छ। सोरेङ जिल्लाको दरामदिन समष्टि अन्तर्गत विभिन्न जीपीयूमा सातवटा सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरहरुको उद्घाटन गर्दै लाभार्थीलाई गृह प्रवेश गराइयो। राज्य सरकारको अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बाको उक्त घऱको उदघाटन गरेका हुन्। सिक्किम गरीब आवास योजना (एसजीएवाई) सिक्किम सरकारले आर्थिक रूपमा कमजोरी र निम्नस्तरका परिवारहरूको लागि आधारभूत सुविधाहरू प्रदान गरेर निम्नस्तरका परिवारहरूको आर्थिक अवस्था र जीवनस्तर सुधार गर्ने उदेश्यले घर निर्माण गरेको अध्यक्ष सुब्बाले जानकारी दिए। सबै लाभार्थी परिवारहरुलाई नवनिर्मित घरको निम्ति बधाई दिँदै सम्बन्धित पदाधिकारीहरुलाई बाँकी निर्माणधिन घरहरू चाँडै पूरा गर्ने निर्देशन दिएका छन्। सरकारद्वारा निर्मित घरमा अतिथि कोठा,भान्साघर, आवश्यक पूर्वाधार जस्तै सोफा सेट, टीभी लगायत अन्य सामाग्री सहित पानी र बिजुलीको समेत उत्तम व्यवस्था प्रवन्धन गरिएको छ।
आजको यस कार्यक्रममा खण्ड विकास अधिकारी ओङ्दी शेर्पा, विभागका अधिकारीगण,सीएलसीका सदस्यगण,पार्टीका जिल्ला स्तरीय अनि समष्टि स्तरीयका विभिन्न पदाधिकारीगण,पञ्चायत सदस्यगण अनि नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियो। सुन्दर घर निर्माण गरेर आफूहरूलाई पनि सुविधापूर्वक नयाँ घरमा बस्ने अवसर दिएकोमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ अनि क्षेत्र विधायक तथा मन्त्री एमएन शेर्पा साथै सम्बन्धित विभागलाई नवनिर्मित घर पाउने परिवारको तर्फबाट धन्यवाद दिएका छन्।