एसकेएम पार्टी मुख्यालयमा राज्यस्तरीय नारी शक्तिको संयोजन सभा सम्पन्न

IMG-20220716-WA0198.jpg

गान्तोक: राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भ्रातृ संगठन नारी शक्तिको राज्यस्तरीय संयोजन सभा टिबेट रोडस्थित पार्टी मुख्यालयमा आज सम्पन्न भयो। नारी शक्ति कार्यकारी समितिका उपाध्यक्ष छिरिङ पाल्देन भोटियाको अध्यक्षतामा सम्पन्न बैठकमा नारीशक्ति महासचिव पूजा शर्मा, संयोजिकाद्वय गंगा प्रसाईं, अनिता प्रधान, गान्तोक जिल्ला नारीशक्ति उपाध्यक्ष एवं प्रभारी छुङछुङ भोटिया, संयोजिका दीना छेत्री लगायत राज्य स्तरीय नारीशक्ति कार्यकारी समिति, जिल्ला समिति, समष्टि समिति नारी कार्यकारीहरूको उपस्थिति रहेको थियो।

बैठकको उद्देश्य राज्यका सबै नारी शक्तिसँग समन्वय सभा गरी जनहितमा पार्टी स्तरको कामलाई बढावा दिनु रहेको थियो। सभामा विविध विषयमाथि व्यापक छलफल गरियो।

About Author

Advertisement