गेतसमनी फेलोसिप चर्चका सदस्यहरूद्वारा श्रमदान

IMG-20230410-WA0169-11-300x172-4

गान्तोक: अहिलेघरी राज्यका विभिन्न संघ-संस्थाहरू, निजी निकाय, सरकारी संस्थान साथै व्यक्तिगत रूपमा समेत टिस्टा बाढ़ी पीड़ितहरूलाई सहयोग पुऱ्याउन अघि आइरहेका छन्। यसै क्रममा यहाँको हेलिप्याड रोड, सुहिम कोलोनीस्थित गेतसमनी फेलोसिप चर्चका सदस्यहरू आज रम्फू आईबीएम पुगेर सर-सफाई कार्यमा सहयोग पुऱ्याउँदै श्रमदान गरेका छन्।

गत ४ अक्टोबरमा आएको टिस्टा नदीको बाढ़ीले आईबीएम व्यापक रूपमाले प्रभावित बनेको छ भने यहाँ लगभग एक सयवटा बिल्डिङको भूईँतलाहरूमा बालुवा, हिलो-माटो भरिएको छ। यस कारण यहॉं ठूलो समस्या उत्पन्न भएको छ भने यहाँ हजारौं मानिसहरू विस्थापित बनेको छ।

यसैबीच आज गेतसमनी फेलोसिप चर्चका वरिष्ठ सदस्यहरू, एल्डर अनि अगुवाहरूले सर-सफाई कार्यक्रममा अंशग्रहण गरेर श्रमदान गरेका छन् भने आगामी दिनहरूमा आवश्यक परे अझै श्रमदान गर्ने इच्छा सदस्यहरूले व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement