नयाँ दिल्ली: भारतका ठूला व्यापारी मुकेश अम्बानीको कम्पनी जियो फाइनान्सियल सर्भिसेज लिमिटेडको सेयरमा आज भारी वृद्धि भएको छ। सोमबार २२४.८५ रुपियाँमा बन्द भएको जियो फाइनान्सियल सर्भिसको शेयर मंगलबार बिहान २३२ रुपियाँमा खुल्यो। सेयर खरिद गर्ने ग्राहकका लागि यो बोनस भन्दा कम थिएन। आज बिहान पनि सेयरले रु २३३.५० को उच्च बिन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर)मा नाफा दोब्बर भएपछि जियो फाइनान्सियलको शेयरमा वृद्धि भएको हो। प्रारम्भिक बढोत्तरीपछि नाफाका कारण कम्पनीको सेयर घट्ने प्रवृत्ति देखिएको छ। इन्ट्राडे रु २३३.५० को स्तरमा पुगेपछि सेयर घटेर रु २२६ को स्तरमा कारोबार गरिरहेको छ। कम्पनीले शेयर बजारलाई दिएको जानकारीमा चालु आर्थिक वर्षको सेप्टेम्बर मसान्तसम्ममा नाफा दोब्बर भएर ६६८.१८ करोड रुपियाँ पुगेको बताइएको छ। यसअघि असार मसान्तसम्ममा कम्पनीको खुद नाफा ३३१.९२ करोड रहेको थियो। यस अनुसार सेप्टेम्बर त्रैमासिकको नाफा दोब्बरभन्दा बढी हो।