सडक सुरक्षा परिषद साथै सडक सुरक्षा महिनाबारे सभा सम्पन्न

IMG-20220716-WA0197.jpg

गान्तोक: सडक सुरक्षा परिषद साथै सडक सुरक्षा महिना २०२२ लाई लिएर एक सभा राजधानीस्थित यातायात भवनमा सम्पन्न भयो। मन्त्री सञ्जीत खरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सडक सुरक्षा र सडक यातायात तथा राजमार्ग मन्त्रालयको सर्वोच्च अदालत समितिको दिशानिर्देश अनुसार, यातायात विभागले राज्य सरकारहरूलाई जारी गरिएका निर्देशनहरूको पालनबारे रिपोर्ट पेश गरियो।

उक्त अवसरमा मन्त्री सञ्जित खरेलले सडक सुरक्षा महिनाको उद्घाटन गरे। आफ्नो सम्बोधनमा मुख्य अतिथि खरेलले सबै विभागका सदस्यहरुसँग सडक सुरक्षा परिषद् बैठक आयोजना गरेकोमा विभागको पहलको प्रशंसा गर्दै खुशी व्यक्त गरे । उनले आरटीओलाई भीआइपी सहित सरकारी सवारी साधनका कागज पत्रहरू राम्रोसँग जाँच गर्ने निर्देश

दिए।मन्त्री खरेलले जाँच प्रक्रियालाई कार्यक्रमलाई थप शिक्षामूलक र सूचनामूलक बनाउनु पर्ने र पहिलो पटक

भूल गरेमा जरिवाना नलिने सुझाउ दिए।

ब्रान्ड एम्बेस्डर समेत रहेका सांसद इन्द्रहाङ सुब्बाले आफ्नो सम्बोधनमा विद्यालयका बाल बालिकालाई सडक सुरक्षाका विषयमा सिकाउनु पर्ने आवश्यकतामाथि जोड दिँदै यस प्रकारको कार्यक्रम ग्रामीण क्षेत्रमा सञ्चालन गरिनु पर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement