काेचबिहारमा स्कूल भेन पल्टिँदा करिब ९ बालबालिका घाइते

IMG-20231017-WA0211.jpg

काेचबिहार: काेचबिहारको बलरामपुर रोड क्षेत्रमा बालबालिकाले भरिएको स्कूल भ्यान पल्टिएको घटनामा करिब ९ बालबालिका घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ः३० बजे दिनहाटा सेन्ट मेरी स्कुलको भ्यान दिनहटा शहर नजिकैको बलरामपुर रोडस्थित नयाँ हिमघर क्षेत्रको सडक छेउमा रहेको खाल्डोमा पल्टिएको हो। जसमा १ जना बालक रहेको बताइएको छ। तर, स्थानीय युवाको प्रयासमा आठ बालबालिकालाई छिट्टै उद्धार गरी परिवारको जिम्मा लगाइएको थियो।

प्रहरी स्रोतका अनुसार आठ बालबालिका सामान्य घाइते भएपनि एक बालकको अहिले दिनहाटा डिभिजन अस्पतालमा उपचार भइरहेको छ। यो घटनालाई लिएर क्षेत्रमा सनसनी मच्चिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement