गान्तोक: सिक्किम राज्यमा आइपरेको संकटको समयमा खान सरद्वारा बढ़ाइएको सहयोगको हातप्रति सिक्किमेली जनसमुदायको पक्षबाट राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आभार प्रकट गरेका छन्।
यस महान कार्यले निस्सन्देह खाँचोमा परेकाहरूको जीवनमा सुधार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत विचार पोखेका छन्।
यस प्रेरणादायक पहल र एकताको सामुदायिक भावना रहेको उल्लेख गर्दै खान सरको अमूल्य सहयोगको निम्ति सिक्किमेली जनसमुदाय आभारी रहेको मुख्यमन्त्रीले बताएका छन्।
पछि पत्रकारहरूसँग बोल्दै खान सरले यति भयावह प्राकृतिक प्रकोपपछि पनि यहाँका मानिसहरूले यसबाट पुनः लयमा फर्किआउन सामूहिक पहल गरिरहेको देख्न पाइएको उल्लेख गर्दै सिक्किमेहरूमा ‘बाउन्स ब्याक’ हुने क्षमता धेरै रहेको बताए।
राज्यको विकासमा महिलाहरूको सहभागिताप्रति आफू प्रभावित बनेको विचार व्यक्त गरे। एकपल्ट सिक्किम आउनेहरूले यहाँको अतिथि सत्कार, संस्कारको कारण कहिल्यै भुल्न नसक्ने खान सरले मन्तव्य पोखेका छन्।
उल्लेखनीय छ, खान सरले प्रसिद्ध फैसल खानले मुख्यमन्त्री राहत कोषमा १० लाख रूपियॉं प्रदान गरेका छन्। उनी दुई दिवसीय सिक्किम युवा सम्मेलनमा सहभागी बन्न सिक्किम आएका छन्।