गान्तोक: भोइसद्वारा आयोजित दुई दिवसीय सिक्किम युवा सम्मेलनको आज सफलतापूर्वक समापन भयो। आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथीको रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा उनकी धर्मपत्नी कृष्ण राई, शिक्षा मन्त्री केएन लेप्चा, मन्त्री सोनाम लामा, जीएमसीका मायर लगायत अन्यको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा मोटीवेशनल स्पिकर खान सरले विद्यार्थीहरुलाई सम्बोधन गरे। उनले राज्यका विभिन्न महाविद्यालय अनि विश्वविद्यालयबाट यो सम्मेलनमा सहभागी जनाएका विद्यार्थीहरुलाई शिक्षा, शिक्षाको महत्व अनि व्यावहारिक जीवनको विभिन्न आयामबारे उत्साहजनक रुपमा प्रकाश परे। उनले विद्यार्थीहरू द्वारा सोधिएका प्रश्न अनि जिज्ञाशाहरुको उत्तर दिए।
सिक्किमबाट देशले नै सामाजिक सद्भावनाबारे सिक्नुपर्ने पनि उनले बताए। यसरी नै मुख्यमन्त्री स्वयम् राज्यका युवाहरुको निम्ति सम्मेलन आयाजन गरेर युवाहरुलाई उत्साह दिने काम गरेकोमा उनले राज्य सरकार अनि मुख्यमन्त्री तामाङप्रति आभार व्यक्त गरे। उनले सिक्किमको सुन्दरता अनि यहाँको आम जनताको अतिथि सत्कारबारे खुलेर प्रशंसा गरे।