गुल्मी: जिल्ला पुलिस कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने १६ जना पुलिस कर्मचारीलाई पुरस्कृत गरेको छ। नेपाल पुलिसको ६८औं स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने पुलिस कर्मचारी पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेहरुमा पुलिस निरीक्षक किरण सापकोटा, पुलिस नायब निरीक्षक नवराज भट्टराई, पुलिस सहायक निरीक्षकहरु भविश्वर बिक, कृष्णबहादुर थापा, रामविलास यादव, खुमा थापा रहेका छन्। त्यस्तै पुलिसका वरिष्ठ हवल्दार यमबहादुर थापा, पुलिस हवल्दारहरु केशव दमाई, सुभाषकुमार नेपाली, हिमबहादुर सुनार, पुलिस सहायक हवल्दार जैप्रकाश थारु देवबहादुर पुन, भेगबहादुर जीएम, पुलिस जवान मीनबहादुर रास्कोटी र कार्यालय सहयोगी हेमराज विष्ट पुरस्कृत भएका छन्।