खान सरले गरे १० लाख रूपियॉं सीएमआरएफमा प्रदान

n5481161241697549665910938fdc09f2ea1ea27af11099d40ad340903b27e8e59df9aa90aaa473ef6f25c2.jpg

गान्तोक: खान सरको नामले प्रसिद्ध फैसल खानले सिक्किम बाढी पीड़ितहरूको निम्ति १० लाख रूपियॉं मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा प्रदान गरेका छन्। राजधानीको मनन भवनमा आयोजित दुई दिवसीय सिक्किम युथ कन्भेन्सनमा सहभागी बन्न आएका खान सरले १० लाख रूपियॉंको चेक सीएमआरएफमा प्रदान गरे। यसो कार्यक्रमको आयोजना भोइस एनजीओले गरेको थियाे।

कार्यक्रम अवधि कन्भेन्सन आयोजक संस्थाको पक्षबाट १० लाख रूपियॉंको चेक ग्रहण गरेपछि खान सरले उक्त चेक मुख्यमन्त्री प्रेमसिंह तामाङलाई हस्तान्तरित गर्दै आफ्नो तर्फबाट सीएमआरएफमा योगदान भनी बताए। सिक्किममा पाएको अतिथि सत्कारले आफु गदगद बनेको बताउॅंदै उनले हालैमा त्रासदीले राज्यमा ठूलो विनाश गरेको बताए। आफुलाई प्रदान गरिएको यो रकम उनले सीएमआरएफमा त्रासदी पीड़ितहरूको निम्ति योगदान गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement