सिलगढीमा सम्पन्न किक् बक्सिङ प्रतियोगितामा खरसाङका विद्यार्थीहरूको राम्रो प्रदर्शन

IMG-20231017-WA0243.jpg

खरसाङ: पश्चिम बंगाल खेलकूद किक् बक्सिङ एसोसियशनद्वारा आयोजित दुई दिवसीय किक् बक्सिङ प्रतियोगिया सिलगढीको विधान नगरस्थित एक स्कूलमा सम्पन्न भएको थियो। यसमा सम्पूर्ण पश्चिम बंगालका एकात्तरवटा विभिन्न महाविद्यालय तथा स्कूलहरूबाट जम्मा सात सय एकजना प्रतियोगीहरुले भाग लिएका थिए। यसमा दार्जिलिङ जिल्ला किक् बक्सिङ एसोसियसनका साधरण सचिव विजय राउतकाे अगुवाईमा खरसाङका दुईजना रेफ्री मनिष तामाङ अनि कुनाल राउतसँगै खरसाङबाट सातजना युवा खेलाडीहरुले पनि किक् बक्सिङ प्रतियोगितामा भाग लिएका थिए। खरसाङका विभिन्न स्कूल कलेजबाट प्रथमपल्ट यसरी खेल्न गएका छात्र छात्राहरूले प्रथम पल्टमा नै राम्रो खेलको प्रदर्शन गरी दार्जीलिङ पहाड़लाई गौरान्वित बनाएको जानकारी प्राप्त भएको छ। यस प्रतियोगितामा खरसाङ महाविद्यालयका निशा राउतले पचपन्न किलो वर्गमा स्वर्ण पदक, ग्लेनहिल पब्लिक स्कूलका छात्र गौरव राउतले तिरपन्न किलोवर्गमा स्वर्ण पदक, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयका मान्यता देवानले चौतिस किलो वर्गमा सिल्भर पदक, सन्त अल्फन्सेस स्कूलका छात्र निर्देश राईले अन्ठवान्न किलो वर्गमा सिल्भर पदक, सन्त अल्फन्सेसश स्कूलकै छात्र सन्दीप छेत्रीले बाहुन्न किलो वर्गमा सिल्भर पदक, गडवीन स्कूलका छात्रा कृतिमा प्रधानले सैतिस किलो वर्गमा काँस्य पदक अनि अल्फन्सेस स्कूलबाट स्वेत थापाले उनचालिस किलो वर्गमा काँस्य पदक जित्न सफल भएका छन्। सिलगढीमा सम्पन्न किक् बक्सिङ प्रतियोगितामा खरसाङका विद्यार्थीहरूले राम्रो प्रदर्शन गरेर खरसाङ आईपुग्दा सबैलाई स्वागत जनाइएको थियो। यस क्रममा हरिजन कल्याण समितिका अध्यक्ष भोला राउत, महादलित परिसंघका राष्ट्रीय कोर कमिटीका सदस्य शंकर राउत, हरिजन कल्याण समितिका कोषाध्यक्ष तथा महादलित परिसंघका उत्तर बंगालका प्रभारीले कोच विजय राउत, रेफ्री अनि जितेर आएका सम्पूर्ण प्रतिभागीहरूलाई खरसाङकाे रेलवे स्टेशनमा खदा लगाएर स्वागत गरी बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement