खरसाङमा खेल मैदानको अभाव विषयमा खरसाङ पञ्चायत समितिको सभापतिलाई ज्ञापन

IMG-20231017-WA0240.jpg

खरसाङ: खरसाङमा खेल मैदानको अभाव विषयमा जानकारी गराउँदै खरसाङ फुटबल एसोसिएशनद्वारा खरसाङ खण्डको पञ्चायत समितिको सभापतिलाई ज्ञापन पत्र बुझाएका छन्। खरसाङ फुटबल टुर्नामेन्टको टोलीमा अध्यक्ष नर्बु शेर्पा, कार्यकारी अध्यक्ष छिरिङ्ग खाइबा, उपाध्यक्ष अर्जुन शर्मा, सचिव सुदिप राई, कार्यकारी सदस्य विशाल शर्मा आदि उपस्थित भएर खरसाङ सभापति खण्डको पञ्चायत समितिको सभापतिअनु प्रधान छेत्रीलाई भेट गरी ज्ञापन पत्र सुम्पेका छन्। उक्त टोलीले धेरै समयदेखि खरसाङमा खेल मैदानको अभावबारे जानकारी गराउँदै ज्ञापन पत्र चढ़ाएका छन्।

उक्त ज्ञापनपछि सभापति अनु प्रधानले यस विषयमा चाढ़ै नै पहल गरिने सकारात्मक आश्वासन दिएको जानकारी प्राप्त भएको छ। यसबाहेक अनु प्रधान छेत्री खरसाङ खण्ड पञ्चायत समितिको सभापतिको गरिमामय पदमा आसिन भएकोमा खरसाङ फुटबल एसोसिएशनको तर्फबाट बधाई पत्र पनि प्रदान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement