चियाबारी श्रमिकहरूलाई झट्टै बोनस वितरण गरिनु पर्ने मांकमा महकुमा शासकमार्फत् जिल्लापाललाई ज्ञापन

IMG-20231017-WA0237.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले चियाबारीको श्रमिकहरूले झट्टै बोनस पाउनुपर्छ भन्ने मांगमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र सुम्पेका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको नेतृत्वमा गएको एक टोलीले चियाबारी श्रमिकहरूका हितमा उक्त ज्ञापन पत्र महकुमा शासकमार्फत् जिल्ला शासकलाई पठाएका छन्। दशैं आईसक्यो तर तर अहिलेसम्म पहाड़का चियाबारी श्रमिकहरूले बोनस पाएका छैनन् भन्दै सरकारले जारी गरेको अधिसूचना अनुसार १९ प्रतिशत बोनस श्रमिकहरूलाीई झट्टै वितरण गरिनिपर्छ भनी मांग गरेका छन्। उक्त टोलीमा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, उपाध्यक्ष शंकर रावत, खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा, कार्यालय सचिव प्रणय रोका, वार्ड नम्बर १९ को कुन्दन लामा आदि उपस्थित रहेका थिए।

उक्त ज्ञापनपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले मधेश क्षेत्रमा १९ प्रतिशत बोनस तय भएको छ। तर पहाड़का चियाबारी श्रमिकहरूका लागि तीनवटा सभा बसेर पनि मालिकवर्ग केवल १२ प्रतिशकसम्म मात्र पुगेको छ। त्यसैले सरकारले निकालेको अधिसूचना अनुसार पहाड़को चियाबारीहरूमा मालिकवर्गले १९ प्रतिशत नै बोनस दिनुपर्छ भनी मांग गरिएको बताएका छन्। उनले अब दशैं आयो। २१ अक्टोबरमा फूलपाती छ तर अहिलेसम्म श्रमिकबटहरूले बोनस पाएको छैन। त्यसैले हाम्रो मांग छ कि सरकारको अधिसूतना अनुसार १९ प्रतिशत झट्टै बोनस वितरण गरिनुपर्छ भनी मांग गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement