‘टाइगर ३’ मा भिलेन लुकमा देखिए इमरान हाश्मी

Tiger-3.jpeg

मुम्बई: बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको आगामी फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा इमरान हाशमीको लुकले सबैको मन जितेको छ। सामाजिक सञ्जालमा इमरानको लुकको सबैभन्दा बढी चर्चा भइरहेको छ। यस फिल्ममा इमरानलाई सबैभन्दा खतरनाक खलनायकको रुपमा देखाइएको थियो। ‘टाइगर ३’ को ट्रेलरपछि फिल्म निर्माताहरूले इमरान हाश्मीको दमदार लुक सेयर गरेका छन् र अहिले इमरान हाश्मीको यो नयाँ लुकले सामाजिक संजालमा हलचल मच्चाएको छ।

कट्रिना कैफ, सलमान खान र इमरान हाश्मी स्टारर फिल्म ‘टाइगर ३’ को रोचक ट्रेलरले मानिसमा निकै चर्चा मच्चाएको छ। त्यसपछि अहिले यो फिल्म रिलिजको प्रतिक्षामा छन्। फिल्मलाई ठूलो पर्दामा हेर्न दर्शक उत्सुकताका साथ पर्खिरहेका बेला अब फिल्मको इमरान हाश्मीको नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरमा इमरान हाशमीको भिलेन लुक देखेर आफैलाई उनको प्रशंसा गर्नबाट रोक्न सक्नुहुन्न। इमरान हाशमीको आगामी फिल्म ‘टाइगर ३’ को फर्स्ट लुक अन्ततः सार्वजनिक भएको छ। यस फिल्ममा इमरान हाशमी डरलाग्दो खलनायक आतिशको भूमिकामा देखिनेछन्। पोस्टर सामाजिक संजालमा सेयर गर्दै गर्दा दिएका थिए। फिल्ममा सलमानले ‘रअ’ एजेन्ट टाइगर र कट्रिनाले आईएसआई एजेन्ट जोयाको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन्। यशराज फिल्म्स अन्तर्गत आदित्य चोपडाले निर्माण गरेका हुन्। यो फिल्म दिपावलीको अवसरमा थिएटरमा आउनेछ। ‘टाइगर ३’ नोभेम्बर १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement