कोलकाताः पश्चिम बंगालमा दुर्गा पूजाको पर्वबीच पुगेका केन्द्रिय गृहमन्त्री अमित शाहले एक दिनअघि मात्र राज्यमा भ्रष्टाचार विरूद्ध लड़ाई जारी राख्नका लागि माँ दुर्गासित आर्शीवाद मागेका थिए। अब एक दिनपछि मंगलवार राज्यपाल डा. सीवी आनन्द बोसले पनि उनकै सुरमा सुर मिलाएका छन्।
तृतीयाको दिन उनले भने, बंगालमा भ्रष्टाचार र हिंसा विरूद्ध लड़ाईको निम्ति माँ दुर्गाको आशीर्वाद प्राप्त होस्। आउनुहोस्, दुर्गा माँलाई साक्षी मानेर भ्रष्टाचार विरूद्ध हाम्रो लड़ाई जारी रहने शपथ लिऔं। हिंसा विरूद्ध हाम्रो संघर्ष जारी रहनेछ। माँ दुर्गाले जसरी महिषासुरको वध गरिन् औं माँ कालीले रक्तबीजको वध गरिन्, त्यसरी नै हामीपनि भ्रष्टाचालाई समाप्त गर्नेछौं। हिंसा पनि समाप्त गर्नेछौं। राज्यपाल सीवी आनन्द बोसले सबैलाई हिंसा र भ्रष्टाचार विरूद्ध मिलेर लड्ने आह्वान गरेका छन्।
-हिस