कोलकाताः पश्चिम बंगालको बहुचर्चित नियुक्ति भ्रष्टाचार मामिलामा कोलकाता हाईकोर्टले जाँच प्रक्रियासित सम्बन्धित खबरहरू प्रसारित र प्रकाशित गर्नलाई लिएर मंगलवार धेरै प्रकारको रोक लगाएको छ। तृणमूल सांसद अभिषेक ब्यानर्जीकी पत्नी रूजीरा ब्यानर्जीले आफू विरूद्ध जारी सीबीआई र ईडीको जाँचमा मीडियाको भूमिकामाथि आपत्ति व्यक्त गर्दै एक याचिका लगाएकी थिइन्। उनले गोपनीयताको अधिकारको उल्लेख गर्दै भनेकी थिइन, मीडियामा उनी विरूद्ध आधारहीन कुरा चलाएर उनलाई अपमानित गर्ने प्रयास भइऱहेछ।
यही मामिलामा सुनवाई गर्दै मंगलवार न्यायमूर्ति सब्यसाची भट्टाचार्य़को एकल पीठले स्पष्ट गऱ्यो कि केन्द्रिय एजेन्सीको कुनैपनि कारबाहीको लाइभ स्ट्रीमिङ हुनसक्नेछैन। यहाँसम्म कि सर्च एण्ड सीजरपनि लाइभ देखाउन सकिनेछैन। यो पनि आदेश दिइयो कि यदि केन्द्रिय एजेन्सीले कुनै छापा मार्न गयो भने मीडियालाई बताउनेछैन।
सर्च र सीजरको सम्बन्धमा केहीपनि मीडियामा देखाउन सकिनेछैन। यहाँसम्म कि मीडियामा यदि कुनै खबर गरियो भने त्यसमा आरोपितको फोटो पनि देखाउन सकिनेछैन। चार्जशीट हुनअघि कुनै प्रकारको फोटो देखाउने अनुमति हुनेछैन। मामिलाको आगामी सुनवाई जनवरी २०२४ मा हुनेछ।
-हिस