गज़ल

00-1-Gazal-1-2

अंगुलीमालहरू अचेल बुद्धवाणी सुनाउँदै हिंड्छन्

बुद्धवाणी भन्दै नेताको भजन गुन्गुनाउँदै हिंड्छन्l

बुद्धवाणी सुनाउँदैमा बुद्ध हुने भए संसार त आहा!

विडम्बना रात परेसि भमरा झैं भुन्भुनाउँदै हिंड्छन्l  

दिनमा पो बुद्धवाणी सुनाउँछन् रातमा भन्नै पर्दैन नी

भट्टीपसलबाट घरतिर जाँदा त ढुन्मुनाउँदै हिंड्छन्l

अंगुलीमाल न ठहरियो बेहोरा त जाने होइन क्यारे

मात्नु र नाच्नु पाएमा जुलूसतिर हुन्हुनाउँदै हिंड्छन्l

बुद्धवाणी सुनाउँछन् तर आफू पालन पटक्कै गर्दैनन्

बरू उल्टा सत्यको मुख पो धम्कीले थुनाउँदै हिंड्छन्ll  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *