नयाँ दिल्ली: सन् २०३६ को ओलम्पिक खेलकुदलाई ध्यानमा राख्दै गुजरातले तयारी शुरु गरेको छ। गुजरात सरकारले ६०० ऐकर जग्गा पहिचान गरी ओलम्पिकका लागि काम शुरु गरेको छ। सन् २०२१ मा अहमदाबादमा सरदार पटेल स्पोर्ट्स एन्क्लेभको शिलान्यास भएदेखि नै गुजरातमा ओलम्पिकको तयारीको चर्चा चलिरहेको छ। गत हप्ता, प्रधानमन्त्री नरेन्द्र मोदी आफैले मुम्बईमा यसको आधिकारिक घोषणा गरेका थिए। मुम्बईमा प्रधानमन्त्री मोदीले भारतले सन् २०३६ को ओलम्पिक खेलकुद आयोजना गर्ने तयारी गरिरहेको बताए। ओलम्पिक खेलकुदका लागि गुजरातले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्नेछ, किनभने गुजरात सरकारले यसको तयारीका लागि हरसम्भव प्रयास गरिरहेको छ। गुजरात सरकारको आधिकारिक स्रोतका अनुसार यो तयारी गुजरात सरकारले गरिरहेको छ। सम्पूर्ण गुरुयोजनाको रूपरेखा तयार भई केन्द्रको स्वीकृति समेत लिइसकेको छ। यसपटक सरकारले विगत ३ ओलम्पिकका लागि काम गर्ने एउटै ग्लोबल एजेन्सीलाई काम दिएको भए पनि यस विषयमा सरकारबाट आधिकारिक धारणा आएको छैन।