दुर्गा पूजामा पानी पर्ने सम्भावना छैन, मौसम सामान्य रहने

00-1-Rajya-Samachar-3

कोलकाताः पश्चिम बंगालको सांस्कृतिक पहिचान बनेको दुर्गा पूजामा यसपाली इन्द्रको प्रकोप पर्ने छैन। मौसम विभागले बुधवार जारी गरेको बयानमा कोलकातामा न्यूनतम तापक्रम २६.१ डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा एक डिग्री धेरै हो। यसरी नै अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियस छ।

गत २४ घण्टामा पानी परेन भने आज पनि पानी पर्ने सम्भावना छैन। आकाशमा हल्का बादल लागेको छ तर आगामी एक हप्तसम्म पानी पर्ने छैन। कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि मौसम यस्तै रहनेछ।

उत्तर बंगालको अलिपुरद्वार, कोचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि मौसम सामान्य रहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement