उत्तर सिक्किममा फसेका मजदूर, नागरिक र सैन्य कर्मीहरूलाई उद्धार कार्य जारी

n5480506161697535778420bafdd47697c0684d2f97fe09bd45704aa580974caf4460a1d51b83c2039064c3.jpg

पाकिम: भारतीय वायु सेनाको हेलिकप्टरले मंगलवार बिहानदेखि उत्तर सिक्किममा फसेका मानिसहरूलाई निकाल्ने निकासी कार्य शुरू गरेको छ। यस क्रममा एमआई-१७ र चिनूकले लाचेन र लाचुङबाट सेनाका जवान, मजदुर र स्थानीय मानिसहरू लिएर ग्रीनफिल्ड हवाई अड्डामा अवतरण गरेको छ।

आईपीआर विभाग अनुसार, चिनूक हेलिकप्टरले लाचेनबाट वायु सेनाका सात कर्मी, एक स्थानीय मानिससहित ३९ जना श्रमिक लिएर आएको छ। यसैगरी, एमआई-१७ हेलिकप्टरले लाचुङबाट तीन परिवारका सदस्यसहित ६ सैन्यकर्मी, ४ नागरिक र वायु सेनाका एक कर्मी लिएर आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement