गान्तोक। राज्य खेल तथा युवा मामिला विभागको तत्वावधानमा ४७औं राज्य दिवसको अवसरमा आज राजधानी गान्तोक नजिक ताथाङ्गचेन आर्चरी फिल्डमा पारम्परिक आर्चरी मैत्रीपूर्ण खेल आयोजना गरियो। यस खेलमा डेञ्जोङ्ग सेवेन तथा ताथाङ्गचेन सेवेनमाझ मैत्रीपूर्ण खेल सम्पन्न भयो। प्रत्येक दलमा ५-५ जना प्रतिभागी थिए। उक्त मैत्रीपुण म्याचमा डेञ्जोङ्ग सेवेन विजयी रह्यो।
कार्यक्रममा अर्जुन पुरस्कार विजेता तथा सिक्किम बक्सिङ एसोसिएशनका अध्यक्ष जसलाल प्रधान मुख्य अतिथि थिए भने विभागीय सचिव राजु बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, कार्यक्रममा खेल विभागका अधिकारीहरू, खेल उत्साहीहरू र स्थानीय बासिन्दाहरूको पनि उपस्थिति रहेको थियो।