जलपाईगुडी: जलपाईगुडी जिल्ला पुलिसले पूजाको केही दिन शहर ट्राफिक मुक्त राख्न आगन्तुक र आम जनताको सुविधाको लागि दुर्गा पूजाको गाइड नक्सा जारी गरेको छ। थानामोडमा सोमबार राति आयोजित कार्यक्रममा पुलिसले नगरवासी र दुर्गा पूजा दर्शनार्थीका लागि यो दुर्गा पूजा नक्सा सार्वजनिक गरेको हो। यस अवसरमा जलपाईगुडी जिल्ला मजिस्ट्रेट, वरिष्ठ पुलिस अधिकारी, विधायक र प्रशासन अधिकारीहरू उपस्थित थिए। पूजाका क्रममा भक्तजनलाई पूजाआजा गर्दा कुनै समस्या नपरोस् र उचित बाटो भएर पूजा मण्डपमा जान सकून् भन्ने उद्देश्यले यो गाइड नक्सा सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षकले पूजाको समयमा हरेक क्षेत्रमा प्रहरी निगरानी रहने, सादा पोशाकमा पुलिस परिचालन गरिने बताए। यससँगै विभिन्न क्षेत्रमा महिला पुलिस परिचालन गरिने भएको छ। यसमा नागरिक स्वयंसेवकहरू हुनेछन्।