प्रधानमन्त्री उज्जवाला योजना २.० को जिल्लास्तरीय समिति गठन

894500-pm-u.jpg

साेरेङ: प्रधानमन्त्री उज्जवाला योजना अन्तर्गत प्रधानमन्त्री उज्जवाला योजना २.० को निम्ति जिल्लास्तरीय समिति गठन गर्न हेतु आज एक सभा सोरेङ जिल्लाका जिल्लापालको कक्षामा सम्पन्न भयो।

यस अवसरमा प्रधानमन्त्री उज्जवाला २.० को निम्ति जिल्लास्तरीय समिति गठन गरियो। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्य़क्षतामा सम्पन्न भएको सो सभामा महकुमा अधिकारी, डीसीएसओ लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।

सभालाई सम्बोधन गर्दै जिल्लापाल ठटालले सरोकारवालाहरूलाई प्रत्येक ब्लकका लागि सही लाभार्थीहरू पहिचान गर्न पञ्चायतहरूसँग सहकार्यात्मक दृष्टिकोण राख्न सल्लाह दिए। उनले जिल्लामा एलपीजी जडानको अवस्थाबारे पनि जानकारी लिए। यसका साथै उनले सामुदायिक सुविधाका लागि पहिचान भएका स्थानमा एलपी ग्यास वितरण र वितरणको मार्ग योजना बनाउन सम्बन्धित विभागलाई निर्देशन दिए। त्यसैगरी अनलाईन बुकिङका लागि उपभोक्तामाझ सचेतना बढाउनुपर्ने उनको भनाइ रहेको छ।

जिल्लापालले सर्वसाधारणलाई राम्रो जानकारी र पारदर्शिताका लागि अनलाइन बुकिङ शुरु गर्न प्रोत्साहित गरे भने सञ्चालकहरूलाई अनलाइन बुकिङको स्थिति अनुगमन सुनिश्चित गर्न आग्रह गरे। जिल्लाका महिला लाभार्थीहरूलाई प्रधानमन्त्री उज्जवाला योजना २.० एलपीजी जडान गर्नमा भारत सरकारले सहयोग गर्ने पनि अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement