गान्तोक: अखिल किराँत राई संघ, पश्चिम जिल्लाको तत्वावधानमा जील प्रखण्ड समितिको एक महत्त्वपूर्ण सभा जीलको ग्राम प्रशासन केन्द्रको प्रेक्षागृहमा केन्द्रिय समिति महासचिवा प्रभारी सोरेङ जिल्ला सायामी बिना राईको अध्यक्षातामा सम्पन्न भयो।
सभामा केन्द्रिय समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै केन्द्रिय समितिका प्रचार प्रसार सचिव विष्णु चामलिङले संस्थाको वर्तमान अवस्था, संगठनको विस्तार र भावी कार्यक्रमबारे अवगत गराए। यस अवसरमा जील प्रखण्ड स्तर समितिको पून गठन गरियो, जसमा चन्द्र कुमार राईलाई अध्यक्षको पदमा नियुक्त गरियो भने राम सुवास राई उपसभापति, सचिव रबिन्द्र राई, संयुक्त सचिव चन्द्र माया राई, संयुक्त सचिव चन्द्र माया राई, प्रदीप राई, कोषाध्यक्ष एनबी राई र प्रचार सचिवको पदमा बिनेर राईलाई मनोनित गरिएको छ।
सभालाई सम्बोधन गर्दै महासचिवा बिना राईले अकिरासं जिल्ला ब्लक समितिको कार्य प्रणालीको प्रशंसा गर्दै नयाँ ब्लक समिति गठन भएकोमा हार्दिक बधाई शुभकामना व्यक्त गरिन्।
राई जातिको भाषा, संस्कार-संस्कृति जगेरा हेतु वर्तमान मुख्यमन्त्री पीएस तामाङले उल्लेखनीय कार्य गरेको अवगत गराइन्। उनले संस्थाको विकास र प्रगति हेतु सबैजना एक भएर काम गर्नुपर्ने राईले आग्रह गरिन्।