कार प्लाजाको व्यवस्थापनबारे समन्वय सभा सम्पन्न

00-1-Rajya-Samachar-3

गान्तोक। राभाङला खोप ग्राम पञ्चायत, महकुमा अधिकारी, खण्ड विकास अधिकारी लगायत लोकल ट्य़ाक्सी ड्राइभर्स एसोसिएशनबिच एक समन्वय सभा सम्पन्न भयो। राभाङलाको कार प्लाजामा भएको उक्त समन्वय सभामा विभिन्न विषयमा छलफल गरियो।

यस सभामा कार प्लाजाको तल्लो तला निजी बाहन पार्किङको निम्ति उपलब्ध गराइने पनि जानकारी गराइयो। यसरी नै पहिलो तल्ला ट्रक पार्किङ र दोर्सो ट्याक्सीहरूको निम्ति राखिने भएको छ। संयुक्त निरीक्षणपछि कार प्लाजालाई उचित हेरचाह गर्न आवश्यक रहेको अवगत गराइयो।

सभामा एसडीपीओ विकास तिवारीले उक्त कार प्लाजाको सुरक्षा हेतु सुरक्षा गार्ड पनि नियुक्त गराइने जानकारी गराए। खण्ड विकास अधिकारी सञ्जीव दासले कार प्लाजा सफा राख्ननु पर्ने साथै यसको मरम्तको आवश्यकता रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement