श्रमिकहरूको पक्षमा खडा भए एडवाडर्स

IMG-20231010-WA0243.jpg

म मालिकबर्गलाई अनुरोध गर्छु, श्रमिकहरूलाई २० प्रतिशत बोनस दिनु होस

दार्जीलिङ: समाजलाई दरिलो बनाउनु हो भने आर्थिक अवस्थामा कम्जोर भएकाहरूलाई उठाउँनु पर्छ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।सिलगढीको डागापूर स्थित श्रमायुक्त कार्यलयमा आज चिया श्रमिकहरूको पूजा बोनसको विषयमाथि बैठकको बोलाएको थियो। तर साँझ पाखा सम्म चिया श्रमिकहरूको पूजा बोनस तय नहुदा चिया श्रमिकहरूले कार्यलय बाहिरो नारा बाजीहरू गर्न थाल्यो। यति धेर समय विति सक्दा पनि चिया श्रमिकहरूको पूजा बोनस बारे निर्णय नभएको खबर पाएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स श्रमिकहरूको पक्षमा खडा हुन पूग्यो। यसै अवधि तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो समाजमा आर्थिक अवस्था सवै भन्दा कम्जोर चिया श्रमिकहरूको छ अनि समाजलाई माथि उठाउनु हो भने सर्वप्रथम हामीले श्रमिकहरूको आर्थिक अवस्था दरिलो बनाउनु पर्छ अध्यक्ष एडवाडर्सले भने। तिनले अधि भने अजय एडवाडर्स हाम्रो पार्टीको अध्यक्ष भएर यस्तो विषयहरूमा किन गएको भन्ने जस्ता प्रश्नहरू पनि तेर्साउदै होलान तर होइन म श्रमिकहरूको पक्षधर हो। हामीले समाज उद्वारको ठूल्ठूलो कुराहरू गर्ने गर्छौ तर हाम्रो समाजलाई माथि उठाउनु हो भने सर्वप्रथम हामीले हाम्रो श्रमिकहरूको आर्थिक अवस्थालाई दरिलो बनाउनु पर्छ। चिया मालिकहरूले चियाबाट करोडौ रूपियाँको मुनाफा कमाउँछ तर उनीहरूको संघर्ष र मेहनत हेरेर खुशीले पनि २० प्रतिशत पूजा बोनस दिनु पर्ने हो अध्यक्ष एडवाडर्सले भने।तिनले अधि भने चिया श्रमिकहरूको पूजा बोनस तय भएको छैन भन्ने सुनेर केवल यहाँ म साथ दिनु मात्र आएको हो।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने म चिया बगानको मालिकहरूलाई आहवान गर्छु तपाईहरूले श्रमिकहरूलाई २० प्रतिशत पूजा बोनस दिने अनुरोध गर्छु तिनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement