उत्तर सिक्किममा काम गर्न गएका ५ जना कामगारहरू सकुसल घर फर्किए

0c823eba-668d-4c63-b7cc-a4baa6ae0ecf

कालचिनीःटिस्टा त्रासदीमा उत्तर सिक्किमको लाचुङमा फसेका कालचिनी खण्डको ५ जना कामगारहरू क्रमैले बाबलु किस्कु, बिरसा मरान्डी, एरबिन उराँव, शिबु किस्कु र बिफे हाँसदा अन्ततः आइतबार सकुशल घर फर्कि आईपुगे। गत तीन महीना अघि उत्तर सिक्किमको लाचुङमा यिनीहरू मजदुरी गर्न गएका थिए। गत ४ अक्टोबरको बिहानीपख अचानक टिस्टामा आएको भयावह बाढ़ले सिक्किम लगायत कालेबुङ जिल्ला अन्तर्गत पर्ने टिस्टा र गेल खोला क्षेत्रमा व्यापक ज्यानमालको क्षति भएको थियो भने उक्त विनाशको घटनापछि कालचिनी क्षेत्रका कामगारहरूको परिवारसित कुनै सम्पर्क नभएकोले परिवारका सदस्यहरू चिन्तामा परेका थिए।
यस सम्बन्धमा निखोज ५ जना कामगारहरूको परिवार सदस्यहरूले कालचिनी थानामा यसको निम्ति गुहार लगाएका थिए भने थाना प्रशासनले पनि निखोजहरूको खोजी लगाउन सम्बन्धित विभागसँग सम्पर्क गर्ने प्रयास चलिरहेको क्रममा सिक्किम सरकारले फसेका मानिसहरूलाई विस्तारै उद्धार गर्दै घर पठाउने क्रममा कालचिनी खण्डको यी ५ जना पनि आइतबार साँझ घर आईपुग्दा परिवार सदस्य लगायत गाउँलेहरूले खुसी व्यक्त गरेका छन्। अहिले टिस्टाको जलस्तर घटदै गएकोले खोजी कार्य द्रुतगतिमा चलिरहेको छ भने सिक्किम लगायत कालेबुङ तटीय क्षेत्रमा एवम् यता जलपाईगढ़ी जिल्लाको मैनागढी गजलडोबा एवम् कोचबिहार जिल्लाको टिस्टा तटीय क्षेत्र र बङ्गलादेश क्षेत्रबाट धेरै शवहरू उद्धार भईरहेको छ।
यस क्रममा सिक्किमबाट फसेका कामगार लगायत पर्यटकहरूलाई सुरक्षित बाहिर निकाल्न सरकार लागिपरेको बेला डुवर्स कालचिनीका यी ५ जना कामगारहरू पनि आइतबार सकुशल घर आईपुग्दा परिवार सदस्य लगायत गाउँलेहरूले खुसी व्यक्त गरेका छन्। पाँचैजना गाउँले सकुशल घर फर्कि आएकोमा माझी परगाना वेलफेयर सोसाइटी, आदिवासी विकास परिषद र जेएफएमसीका सदस्यहरूले पाँचजना कामगारलाई सम्वर्द्धना तथा स्वागत गरेको थियो। भयावह प्राक्रतिक प्रकोपमा धेरै मानिसहरूको ज्यान गुमेको र टिस्टामा धेरै मानिसको शव भेटाईएको जिन्ताजनक घड़ीमा यसरी ५ जना गाउँलेहरू घर फर्कि आएकोमा ढुक्क भएको र सिक्किम सरकारले जुन मदत यिनीहरूलाई गरे त्यसको निम्ति यी संगठनहरूले धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement