शहीद कप फूटबलः न्यू संगम स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

IMG_20220716_211521.jpg

१६ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा न्यू संगम स्पोर्टिंग क्लब (लोवर फागु)-ले क्वार्टर फाइनलमा स्थान बनायो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत शनिवार भएको पूल बी-को म्याचमा न्यू संगम स्पोर्टिंग क्लबले सामसिंग एफसीलाई ४-१-ले पराजित गऱ्यो। अब आइतवार खेलिने पूल ए-को म्याचमा यू.एफ.एस.सी.ए. (अप्पर फागु) र डुवर्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement